Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं- नेपाली चेलीलाई सामुहिक बलात्कार र हत्या गरेका सात युवाहरुलाई भारतको हरियाणा अदालतले फासीको सजायँ सुनाएको छ ।
बलात्कारको विषयमा फैसला गर्दै ९ आरोपीमध्ये सातजनालाई सोमबार भारतीय अदालतले फासीको आदेश दिएको हो । रोहतक जिल्लाको डडीखेरा गाउँस्थित एउटा खेतमा गत ४ फेबु्रअरीका दिन २८ वर्षीया नेपाली युवतीको मृत शरीर भेटिएको थियो । आरोपीमध्ये एकजनाले आत्महत्या गरिसकेका छन् भने एकजना नाबालक भएकाले फासीबाट जोगिएका छन् ।
मानसिक सन्तुलनसमेत ठीक नरहेको युवतीलाई बलात्कारपछि ढुंगाले हानेर मारिएको पोष्टमार्टमले देखाएको छ । यो मुद्दामा अभियुक्तमाथि ७ सेम्टेम्बरमा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर गरिएको थियो । ५७ जना प्रत्यक्षदर्शीको समेत बयान लिएपछि १८ डिसेम्बरमा सातजनालाई दोषी ठहर गरिएको हो ।

तपाईको प्रतिक्रिया