Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

क्यानडा– क्यानाडाको क्यालगरी सहरमा आयोजित फिडब्याक फ्राईडे भोलुम– टू नामक सांगीतिक प्रतिस्पर्धामा  नेपाली मुलका प्रतिस्पर्धी अभि बस्ताकोटी २२ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ठ दुइभित्र पर्न सफल हुनुभएको छ ।

सांगीतिक क्षेत्रमा लागेका स्थापित व्यक्तिहरूले भाग लिने यस प्रतिस्पर्धामा नेपालको गोरखा जिल्ला आँपपिपल स्थायी घर भइ हाल क्यानाडाको क्यालगरी बसोबास गर्ने १६ बर्षीय किशोर अभि बस्ताकोटीले आफ्नो संगीतको कला देखाई आयोजक तथा सहभागीहरुलाई चकित पार्नुभएको छ । पहिलो चरणको प्रतिस्पर्धामा छनौटमा परेका २४ जनाबाट उत्कृष्ट आठ भित्र पर्न सफल भएपछि आयोजकले “यी सोह्रबषे किशोरले आफ्नो कलाबाट सबैलाई चकित पारेका छन । अब हेरौ फाइनलमा के हुन्छ” भन्दै स्टाटस लेखेका थिए ।

डिसेम्बर ११, २०१५ मा भएको अन्तिम छनौट प्रतिस्पर्धामा एल्बर्टाका स्थापित म्युजिक उत्पादकहरुलाई पछिपार्दै उत्कृष्ट २ मा पर्न सफल भए पछि उनले संगीतिक क्षेत्रमा थप सीप आर्जनको लागि आयोजक संस्था “वीट ग्रुप” बाट २ हजार ४ सय क्यानेडियन डलर बराबरको छात्रवृत्ति समेत प्राप्त गर्नुभएको छ  ।

संगीत क्षेत्रको कुनै औपचारिक साधनाबिना शोखको रुपमा सिक्दै जाँदा करिव एक बर्षको प्रयासमा आफुले म्युजिक बिट उत्पादनमा केही सीप हाँसिल गरेको तर यति छिट्टै बीस पच्चीस बर्ष संगीत साधना भएका क्यानेडियन संगीतकर्मी संग आफ्नो संगीत तुलना योग्य होला भन्ने चाही नसोचेको अभिले प्रतिक्रिया दिनुभयो ।

अभिका म्युजिक बिटमा क्यानेडियन र अमेरिकी गायकहरुले गाउन इच्छा देखाएका छन भने उनको सांगीतिक व्यवस्थापक हुन केही स्थानीय व्यवस्थाकहरूले चासो दिन थालेका छन् । सांगीतिक क्षेत्रमा उनी ट्रांक्स नामले चिनिनुहुन्छ । क्यालगरीको सर विन्स्टन चर्चिल हाइस्कुलमा कक्षा ११ मा अध्ययनरत अभि बस्ताकोटी संगीत बाहेक ग्राफिक डिजाइन, लेखन, सम्पादन र सामाजिक सेवामा पनि चासो राख्नुहुन्छ ।

विदेशमा बस्ने नेपाली मूलका केटाकेटीहरुलाई लक्षित गरी प्रकासन गरिएको बाल सिर्जना नामको पत्रिकाको सम्पादक मण्डलमा रहेर अभिले काम गर्नुभएको छ । सिन्धुपाल्चोकको विपन्न माझी समुदायका केटाकेटीले अध्ययन गर्ने भुकम्प प्रभावित पोखरथोक प्राथमिक विद्यालयका लागि शैक्षिक सामग्री सहयोग गर्न आफ्नो विद्यालयमा आर्थिक संकलन अभियानमा पनि उहाँको योदान महत्वपुर्ण थियो ।

तपाईको प्रतिक्रिया