आरल्याण्डको डव्लिनमा पनि बिरोध प्रदर्शन
आयरल्याण्ड– नेपाली सीमानाकामा भारतले गरेको नाकाबन्दीले निम्त्याएको मानवीय संकटप्रति बिश्व समुदायको ध्यानाकर्षण गराउन गैरआवासीय नेपालीहरुले आआफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छन । यसक्रममा नाकाबन्दीको बिरोधमा आयरल्याण्डमा पनि बिरोध प्रदर्शन भएको छ ।
गैरआवासीय नेपाली संघ आरल्याण्डको आह्वानमा भएको बिरोध प्रदर्शनमा आयरल्याण्डमा रहेका सयौंको सङख्यामा नेपालीहरुको उपस्थिति थियो । पारवहन अधिकार कुण्डित गर्न पाईदैन, नाकाबन्दी फिर्ता गर, नेपालमाथिको हस्तक्षेप बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर नेपालीहरु डव्लिनको सडकमा प्रदर्शनमा सहभागि भएका थिए ।
बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै एनआरएन आयरल्याण्डका अध्यक्ष राजन काफ्लेले नेपालको पारवहन अधिकारलाई कुण्डित गर्दै मानवअधिकार हनन् हुनेगरि गरिएको नाकाबन्दी र भारतीय ज्यादतीबारे बिश्वलाई जानकारी दिन प्रदर्शन गरिएको बताउनुभयो । उहाँले कुटनीतिक वार्ताद्वारा समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो ।








