Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लन्डन- नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले वर्तमान जटिल परिस्थितिको उपयुक्त समाधान वार्ता नै भएको बताउनु भएको छ ।
लन्डन स्थित नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता राणाले सरकार पक्ष, आन्दोलनरत पक्ष र नेपाली कांगे्रसबीच सकारात्मक वार्तापश्चात मात्रै हालको समस्या समाधान हुने र छिमेकी राष्ट्र भारतसँग चिसिएको सम्बन्ध पनि सुदृढ हुने बताउनु भयो । बेलायत स्थित जनसम्पर्क समितिको विवादको सन्र्दभमा बेलायत आउनु अघि जनसम्पर्क समिति विभाग प्रमुख तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य अर्जुन जोशीसँग भएको सम्वादमा लोक गुरुङ नै जनसम्पर्क समिति बेलायतको आधिकारीक सभापति भएको जोशीको भनाईलाई प्रस्ट पार्दै नेता राणाले आगमी दिनमा हुन लागेको नेपाली कांगे्रसको १३ औं महाधिवेशनमा केन्द्रिय सदस्य उम्मेद्वारी दिने निर्णय गरिसकेको पनि जानकारी गराउनु भयो ।
नेपाली जनसम्पर्क समिति बेलायतको सभापति लोक गुरुङको सभापतित्वमा लन्डनस्थित नेपाली रेष्टुरेन्ट राराको सभाहलमा भएको सो कार्यक्रममा विशेष अतिथि गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आर्चाय, अतिथिहरु एनआरएन बेलायका उपाध्यक्ष हिराधन राई, हन्सलो उपमेयर विष्णु गुरुङ्ग, एनआरएन बेलायतको पूर्वअध्यक्ष योगेन क्षेत्री, एनआरएन बेलायतको युवा संयोजक रिचर्ड गुरुङ, नेविसंघका उपाध्यक्ष रेशम बस्याल, ड्रागन व्याईजका अध्यक्ष प्रेम घा, जनताको आवाजबाट रोशन राईलगायत नेपाली कांगे्रसमा आस्था राख्ने सक्रिय व्यक्तिहरु पृथ्वीराज राई, श्याम राई, सुभाष राई, रविन सुव्वा र दिल लिम्बूको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया