Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाली म्यूजिक भिडियो एवं चलचित्र निर्देशक आलोक नेम्वाङको आत्महत्याको खबरले अहिले नेपाली रङ्गमञ्च शोकमा डुबेको छ । नेम्वाङको पार्थिब शरीरलाई अन्तिम श्रध्दान्जली दिन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुगेका फिल्मीकर्मीहरुका आँखा निरन्तर भिजिरहे ।

विहीबार साँझ आफ्नै निवासमा मृत अवस्थामा भेटिएका निर्देशक नेम्वाङलाई अन्तिम श्रदान्जली दिन प्रज्ञा भवनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालसहित फिल्मकर्मी, आफन्त, सञ्चारकर्मी, मोडल तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

श्रध्दान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । बिशेषगरी आलोकलाई अन्तिम श्रध्दाञ्जली दिन पुगेका नायिकाहरु भक्कानिएर रोए । आलोककी बुढी आमा छोराको शरिरमा पुष्पगुच्छा चढाउँदै गर्दा निक्कै भक्कानिइन् । उनलाई नायिका नम्रता श्रेष्ठले सम्हालेकी थिइन् । नायिका संचिता लुइटेल र पूजा शर्मा आलोकसँग अझ निकट थिए । जसका कारण, पनि संचिता र पूजाको आँखाबाट आलोकको निधनको खबर सुनेलगतै बगेका आशु अझै रोकिएका छैनन् ।

४१ बर्षको उमेरमा आलोकको पार्थिव शरिरलाई अन्तिम श्रध्दान्जलीका लागि दिउँसो ३:३० सम्म प्रज्ञा भवनमा राखेर पशुपति आर्यघाट लगिएको छ । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संकार गरिंदै छ।

१७ वर्ष अगाडि अमेरिकाबाट अध्ययन सकेर आएपछि नेम्वाङले पहिलोपटक ‘लाखौंपटक मैले कोसिस गरें’ बोलको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नविन के भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।

निर्देशक आलोकले पहिलोपटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको तेस्रो चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ । ***
6 5 4 2 1 3

तपाईको प्रतिक्रिया