Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बैंकक – गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले पहिलो पटक थाइल्याण्डको राजधानी बैंककमा मे १७ मा हुन गईरहेको ‘नेपाल महोत्सव २०१४’ को तयारी पुरा भएको जनाएको छ ।महोत्सव सुरु हुनुभन्दा ठिक एक हप्ता अगाडि शनिबार बैंकक स्थित हिमालयन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी गराइएको हो ।

नेपाल महोत्सव २०१४ को उदघाटन थाइल्याण्डकी राजकुमारी प्रापापान पनुवान कोर्नकोसियाज़ले गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले पत्रकार सम्मेलन मार्फत समुद्रपारिलाई जानकारी गराउनुभएको छ। नेपाली समुदायको आयोजनामा हुने कार्यक्रममा राजपरिवारका सदस्य सरिक हुने यो इतिहाँसमै पहिल्लो पटक भएको बताईएको छ ।

थाई राजकुमारीले एनआरएन थाइल्याण्डको निम्तोलाई स्विकारि दिएकोमा थाइल्याण्डस्थित नेपाली समुदायको तर्फबाट अध्यक्ष ढकालले हार्दिक कृतज्ञता चढाउनुभएको छ। सांस्कृतिकरुपमा धेरै कुरा मिल्ने नेपाली र थाई जनताबीचको सम्बन्ध यस महोत्सवले अझ प्रगाढ बनाउने, संभावित साझेदारीका लागि एउटा नयां अवसरको सिर्जना गर्ने, नेपाललाई थाइल्याण्ड र अन्तरराष्ट्रिय समुदायसंग चिनाउन महोत्सब कोसेढुंगा हुने ढकालले बताउनुभयो। थाइल्याण्डको किंग मोङ्ग्कुट बिश्वबिध्यालयमा अन्तरराष्ट्रिय मामिला हेर्ने डेपुटी डिनको रुपमा कार्यरत ढकालले आफुलाई नेपाली समुदायका अतिरिक्त धेरै थाई नगारिकहरुले पनि महोत्सवलाई सफल बनाउन सहयोग गरिरहेको जानकारी गराउनुभयो।

एनआरएन थाइल्याण्डका उपाध्यक्ष एवं महोत्सब तयारी समितिका संयोजक दिलबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार थाईल्याण्डस्थित नेपाली ब्यबसायीहरुको पनि उल्लेखनिय सहयोग रहेको छ । उक्त महोत्सवको लागि कोहसामुइ आइलेण्डस्थित पिटर पौडेलको प्याराडाइज सामुइ भिल्ला र बैंककस्थित दिलबहादुर थापा (हरि) को एम सेफ फूड ग्रुप ले बिशेष प्रायोजन गरेका छन् भने फुकेटस्थित राजेश खनालको राज कल्लेक्सन नामक टेलरिङ्ग हाउसले डाइमण्ड स्पोन्सर गरेको छ। त्यस्तै गरेर बैंककस्थित कुमार कार्कीको स्टाइलो कलेक्सन, बैंकक स्कुल अफ म्यानेजमेन्ट, सोनु कुमारको बोस सुट ग्रुप, पताया स्थित धर्मेन्द्र सुबेदीको पौल कोउचर, नेपाल एअरलाइन्स, आसाजिता अवालेको हिमालयन रेस्टुरेन्ट, जगदीपको बवार्ची रेस्टुरेन्ट र एनआरएन थाईल्याण्ड फुकेट ब्रान्चले गोल्ड स्पोन्सर गरेका छन्. त्यसैगरी फुकेट स्थित डेंग लिम्बुको डेनिअल कल्लेक्सनले सिल्भर स्पोन्सर गरेका छन्। व्यक्तिगत सहयोग गर्नेहरुमा बिजय अवाले, काजी श्रेष्ठ, गोना नरुला, निलिमा लिम्बु, ध्यानबहादुर राई, रविन महर्जन लगायत छन् ।

उक्त महोत्सव सफल बनाउन नेपाली दूतावास, नेपाल वायुसेवा निगम थाई नेपाल चेम्बर अफ कमर्श, थाई नेपाली संघ संग समन्वय गरेर तयारी गरिएको एनआरएन थाइल्याण्डका माहासचिव केदारप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा बोल्दै तिमिल्सिनाले थाईल्याण्डमा नेपालको प्रबर्धन गर्नुका साथै, दुईदेशीय व्यापार, लगानी तथा साँस्कृतिक प्रवर्धन गर्नु महोत्सबको मुख्य उद्देश्य रहेको जानाकारी गराउनुभयो। जसका लागि महोत्सबमा नेपालीहरुले हस्तकला सामाग्री, बुटिक, नेपालको प्राकृतिक सौन्दर्य तथा संस्कृति झल्कने फोटो तथा पेन्टिङको प्रर्दशनी गर्ने भएको जानकारी तिमिल्सिनाले पत्रकारहरुलाई दिनुभयो।
महोत्सबको मुख्य आकर्षणकोरुपमा मे १७ साँझ वीरेन्द्र जोशीको नेतृत्वमा विशेष साँस्कृतिक टोलीबाट अन्गुलिमाला नाच, शिवा तान्ड़प, कौडानाच, शेर्पा नाच, आरती नाच, लाइभ सीतारा संगीत, कुमारी नाच, लाखेनाचसहितका विभिन्न गीत, संगीत तथा कला प्रस्तुती हुनेछ जसका लागि २३ सदस्यीय संस्कृतिक टोली नेपालबाट बैंकक आइपुगिसकेको जानकारी एनआरएन थाइल्याण्डका संचार संयोजक आसाजिता अवालेले जानकारी गराउनुभएको थियो। उक्त सांस्कृतिक टोलीले पत्रकार सम्मेलनमा केहि सांस्कृतिक झलकहरु पनि प्रदर्शन गरेका थिए । अवालेका अनुसार नेपालको हिमालदेखि पहाडसम्म बस्ने नेपालीहरुको भेषभूषा झल्काउने फेशन परेड एवं लकी ड्र कार्यक्रमहरु पनि महोत्सवमा समेटिएको छ।

थाई, विदेशी पर्यटक, विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने समुदायलाई लक्षित गरेर आयोजना गर्न लागिएको यस महोत्सवमा करिव दुई दर्जन स्टल रहने र स्टलहरुका लागि सयौंले निशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ भने सांस्कृतिक कार्यक्रम, फेशन परेड र रात्रीभोजका लागि पूर्वनिमन्त्रित २५० जना बिशेष पाहुनाहरुका लागि तयारी गरिएको एनआरएन थाइल्याण्डका युवा संयोजक दिपेश श्रेष्ठले बताउनुभयो। सबै तयारी अन्तिम चरणमा पुगेकोले प्रवेश पास वितरण गर्ने, स्टल बूकिंग गर्ने, स्पोन्सर बुकिंग गर्ने कार्यहरु पनि शनिबार देखि बन्द भएको श्रेष्ठले जानकारी गराउनुभयो।

बौद्ध धर्मप्रति आस्था राख्ने थाईहरु पछिल्लो समयमा बौद्ध जन्मस्थल लुम्बिनीलगायतका स्थानमा भ्रमण गर्ने क्रम बढ्दै गएको छ।
तिब्र आर्थिक विकासतर्फ लम्कदै गरेको थाइल्याण्ड नेपालको व्यापार तथा नेपालमा लगानी प्रवर्धनका लागि पनि प्रचुर संभावना भएको मुलुक भएकोले यस महोत्सवले त्यसका लागि ठूलो सहयोग पुरयाउने एनआरएन थाइल्याण्डका सल्लाहकार बिजय आचार्यले दाबी गर्नुभयो।पत्रकार सम्मेलनकै क्रममा पत्रकारहरुसंग कुरा गर्दै एनआरएन थाइल्याण्डका सांस्कृतिक विभाग प्रमुख राज कर्माचार्य र कार्यकारी सदस्य बिजय अवालेले यो महोत्सवले नेपालीहरुको सद्भावलाई थाई समुदायमा चिनाउने मौका दिएको बताउनुभयो।

पत्रकार सम्मेलनमा दर्जनौ थाई पत्रकारहरु सहभागी भएका थिए भने आयोजक संस्था एनआरएन थाइल्याण्डले उनीहरुलाई महोत्सवको लागि निशुल्क प्रवेश पास वितरण गरेको थियो। पत्रकार सम्मेलनमा मिस लिम्बु निलिमा लिम्बुले फेशन परेडमा सहभागी मोडलहरुलाई पनि उपस्थित गराई तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी थिइन।***
Microsoft Word - Press Release .docx IMG_004 IMG_002 IMG_001

तपाईको प्रतिक्रिया