वेम्ली ऐरेनामा नेपाली संगीत
लन्डन- नेपालको चर्चित ब्यान्ड नेपथ्यले पहिलोपटक बेलायतको विश्वप्रशिद्ध वेम्ली एरेनामा पहिलोपटक नेपाली कन्सर्ट देखाएको छ ।शनिवार राति नेपाली संगीतमा एउटा इतिहास रच्दै नेपथ्यले कन्टर्स प्रस्तुत गरेको हो । अन्तर्राष्ट्रिय मञ्च ठानिने १२ हजार ५ सय सिट क्षमताको लन्डनस्थित वेम्ली एरेनामा पहिलोपटक नेपाली गीत पस्कंदै थिए अमृत गुरुङ नेपथ्य समूहका साथ ।
यो यस्तो ठाउँ हो जुन लन्डनको ओटु एरेनापछि दोश्रो ठूलो इण्डोर ऐरेना मानिन्छ भने ओटु र अल्र्स कोर्ट एक्जिविशन सेन्टर पछि तेश्रो ठूलो कन्सर्ट भेन्यू । विश्व विख्यात व्याण्डहरुले यस स्थानको सदुपयोग गरेका छन् ।
करिब ७ हजार दर्शकबीच उनले गीत गाउँदै पटक पटक दोहोर्याए, ‘तपाईंहरुको यति धेरै माया अनि सदभावले मेरो छाती गर्वले फुलेको छ, यो अविष्मरणीय सम्झना मेरो जीन्दगीभर रहिरहनेछ ।’
उनले भेडाको ऊनजस्तो, रेशम रेशम, तालको पानी माछीले खाने र चरी मर्यो सिसैको गोलीलेजस्ता गीत प्रस्तुत गरे । जोमसोमै बजारमा, छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुइरोले, आजभोली के भको कुन्नी लगायत दर्जन बढि गीत गाए ।













