काठमाडौं- २०१२ मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न सातौ गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलनको घोषणा पत्रको मर्म अनुसार नेपालको विज्ञान तथा प्रविधि विकासमा टेवा पूराउन गैरआवासीय नेपाली बिज्ञान प्रतिष्ठान नेपालमा स्थापना गर्न एउटा समिति गठन गरिएको छ ।सीप, ज्ञान र प्रविधि कार्यदल अन्तर्गत यस प्रतिष्ठानमा, गोकुल पाखरेल (संयोजक), डा. राजु अधिकारी, डा. प्रमोद ढकाल, डा. अम्बिका अधिकारी, डा. द्रोण रसाली, डा. हेम राज शर्मा, मन के.सी, डा. शोभाकार ढकाल, डा. बेनु ढकाल र राजेश राणा सदस्य रहको एक कार्यदल गठन गरि कार्ययोजनाहरु तर्जुमा गर्ने जिम्मेवारी दिएको छ ।
बिश्व भरि छरिएर रहेका नेपालीहरुको श्रोत साधन परिचालन गरि सहयोग परिचालन गर्दै प्रतिस्ठानलाई नेपालमा कार्यालय रहने गरी स्थापना गर्ने सोच बनाईएकोछ। प्रतिष्ठानको अल्पकालीन परियोजना ‘Science for the people’ नामक एउटा जनचेतना तथा जनसहभागीता मूलका अभियान रहेको छ भने दिर्घकालिन योजना अन्तर्गत नेपालमा दिगो तथा समय सापेक्ष्य बिज्ञान तथा प्रविधि बिकास गन सहयोग गर्ने रहेको छ।
विज्ञान प्रतिष्ठानले सञ्चारमाध्यामहरु, शिक्षा र योजना निमार्णका क्षेत्रमा कार्यक्रमहरु तयार पारेर सर्वसाधारणमा विज्ञान संस्कृति एवं सजगता फैलाउने लक्ष्य लिएको छ । यस अन्तरगत चरणमा प्रतिष्ठानका तर्फबाट पत्रकारहरुका लागि ६ वटा गहन विज्ञान लेखन वृत्तिहरु, विज्ञान विषयको अध्ययन गर्ने मेधावी छात्र छात्राहरु लाई प्रोत्साहन पुरस्कारहरु र विज्ञान पत्रकार संघलाई सम्मेलन आयोजना गर्न सहयोग प्रदान गर्ने कार्यक्रमहरु छन् ।
यसै गरी आगामी अक्टोबरमा नेपालको विज्ञान तथा प्रविधि शिक्षा क्षेत्रको नीति तर्जुमा तथा निर्माण सम्बन्धि गोष्ठि संचालन गरिने भएको छ । यस गोष्ठिमा नेपाल सरकार, गैरआवासीय नेपाली र नीजि क्षेत्रका सरोकारवालाहरुको सहभागीता रहनेछ । मुख्यतया यस गोष्ठिको उदेश्य नेपालका विद्यालयहरुका शैक्षिक पाठ्र्यक्रममा विज्ञान बिषयलाई प्रथामीक्ताका साथ समावेश गरि विकास गर्न टेवा पुराउनु रहेको छ ।
प्रतिष्ठान अन्तर्गत एक अक्षयकोष स्थापना गर्न हाल सम्म डा. उपेन्द्र महतो, भवन भट्ट, शेष घले, चन्द्र योञ्जन र एनआरएन अष्ट्र्लियाले सहयोग गर्नु भएकोछ। ***








