Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो-नेपाल सम्वतको उपलक्ष्यमा नेवाः पुचः द्धारा दक्षिण कोरियामा हुन गईरहेको “दिपक बज्राचार्य लाईभ इन कर्न्र्सट”लाई सफल पार्न लोकप्रिय गायक दीपक बज्राचार्य यही नोभेम्वर ९ तारीक दक्षिण कोरिया पुग्नु भएको छ । कोरियन एयरबाट कोरिया पुगेका बज्राचार्यलाई स्वागत गर्न नेवाःपुचः का अध्यक्ष गुरुज्यु नवीन बज्राचार्य, उपाध्यक्ष रमेश श्रेष्ठ, सचिव निर्मल महर्जन, सल्लाहकार सानु प्रजापति, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङ तथा सदस्य अमिन शाक्य एयरपोर्ट पुग्नु भएको थियो ।

ओ अमिरा, प्रिय तिमि आऊ, काली काली हिस्सी परेकि, जानी जानी, जुजुनाना लगायत दर्जनौं सुमधुर तथा लोकपिय गीतका गायक दिपक बज्राचार्यले नेपाल सम्बतका आयोजकलाई धन्यबाद दिंदै आफुले यसपालीको कन्सर्टमा दर्शकहरुको लागि बिशेष रुपमा अलि पृथक, रोमान्चक र मनोरन्जनात्मक ढंगले आफ्ना नयाँ तथा पुराना गीतहरु पस्कने र भरपुर मनोरंजन दिने हुँदा सम्पूर्ण कोरिया वासी नेपालीहरुलाई त्यस दिन उपस्थितिको लागि हार्दिक आग्रह गर्नु भयो । दिपक बज्राचार्यका गीतहरुसंगै स्थानीय कलाकारहरु  र नेवाः संस्कृतिले भरिपुर्ण तथा नेपालको एतिहासिक महत्व बोकेको, नेपाल याद दिलाउने जात्राको प्रदर्शन अनि तिहार दिपावलीको अबसरमा देउसी इत्यादिको कार्यक्रम पनि रहने कुरा नेवाः पुचः दक्षिण कोरियाले जानकारी दिएको छ । सो कार्यक्रममा सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, पत्रकारहरु, बिद्यार्थीहरु लगायत सम्पूर्ण कोरिया वासी नेपालीहरुलाई उपस्थित भएर नेपाल सम्बत कार्यक्रम तथा दिपक बज्राचार्य लाईभ कन्सर्ट इन सउल कार्यक्रमलाई अत्यधिक रुपमा सफल बनाईदिनु हुन सो संस्थाले हार्दिक अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया