Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

कतार – तमु साँस्कृतिक परिवार दोहा कतारले आयोजना गरेको खुल्ला लोकदोहोरी प्रतियोगिताको फ़ाईनल आउँदो अक्टोबर २७ तारिखको दिन अल अरबी स्पोर्ट्स क्लबको हलमा आयोजना हुन गईरहेको छ । कतारमा रहेका नेपाली लोकदोहोरी गायक तथा गायिकाहरुको प्रतिभालाई प्रस्फुटन गरी नेपाली लोकभाकाको संरक्षण, सर्ंबर्धन र पर््रबधन गर्ने हेतुले कतारमा पहिलोपटक लोकदोहोरी कार्यक्रमको आयोजना गर्न लागिएको व्यवस्थापक हरि पुनले बताए ।

कुल २४ टिम सहभागी रहेको उक्त लोकदोहोरी कार्यक्रममा ३ चरणको छनौट पश्चात अक्टोबर २७ को दिनमा ४ टिम ग्राण्ड फिनालेमा पुगेको हो ।

उक्त लोकदोहोरी प्रतियोगितामा प्रवासी नेपाली सांगीतिक परिवार समूह ए र समूह बि, नव प्रतिभा सेवा समाज ए र कास्कीको फेवा साँस्कृतिक परिवार पुगेको हो । प्रवासको भूमिमा आयोजना गरिएको खुल्ला लोकदोहोरी कार्यक्रम ३० बर्षको नेपाली लोकदोहारीको इतिहासमा पहिलो पटक कतारमा आयोजना गरिएको सो कार्यक्रममा नेपालबाट थप मनोरञ्जनको लागि मेरी बास्सै कार्यक्रममा तक्मे बुढो अर्थात् विल्सनबिक्रम राई, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी, लोकगायिकाद्वय देवी घर्तीमगर र राधिका हमाल, बाद्यबादक बेदनिधी नेपाललगायत कतार आईसकेका छन् । भोलि अक्टोबर २७ तारिखका दिन हुन गईरहेको घम्साघम्सी लोकदोहोरी कार्यक्रमलाई आगामी बर्षबाट निरन्तरता दिने कुरा पनि कार्यक्रमका आयोजक तमु साँस्कृतिक परिवारले जनाएको छ ।

दिनको ठिक २ बजेबाट सुरु हुने सो कार्यक्रमको टिकट दर भने ४०, ६० र १०० कतारी रियाल रहेको अर्का ब्यवस्थापक प्रकाश गुरुङले बताए । ४ हजार दर्शकको क्षमता रहेको सो हलमा आयोजना हुन गईरहेको कार्यक्रममा कतारमा रहँदै आएकी लोक गायिका देविका केसी गुरुङ लगायत अन्य गायक गायिकाको पनि प्रस्तुती रहने बताएका छन् । सो कार्यक्रमको निर्णायक मण्डलमा पूर्व अध्यक्ष दुर्गा रायमाझी र देविका केसी रहने छन् । ***

तपाईको प्रतिक्रिया