Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं- नौ महिनाअघि ऋतु लामा पहिलो सिंगिङ स्टार बन्दा उनलाई आयोजकले १ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँको म्युजिक कन्ट्रयाक्ट, यामाहा स्कुटी र परिवार सहित मलेसिया घुम्ने अवसर दिने घोषणा गरेको थियो । सञ्चारमाध्यममा समाचारले राम्रै स्थान पनि पायो । टीभी रियालिटी शो ‘सिंगिङ स्टार’को आयोजक षडज कला केन्द्रमा पुरस्कारका लागि धाउँदा धाउँदै आजित बनेपछि ऋतु प्रहरी गुहार्न पुगेकी छन् ।
गायन प्रतिभा प्रस्फुटनको उद्देश्य भनिएको सिंगिङ स्टारमा पोखराकी ऋतुले सबैलाई उछिनेकी थिइन् । पुरस्कार दिन्छु भन्दै ९ महिनासम्म झुलाएपछि १८ वर्षीया ऋतुले षडज कला केन्द्रका प्रोपाइटर प्रभास कटुवालविरुद्ध महानगरीय प्रहरी परिसर हनुमान ढोकामा ठगीको उजुरी दिएकी छन् । उनले हनुमान ढोकामा असार ३१ गते उनले कटुवालविरुद्ध उजुरी दिएकी हुन् । ‘पैसा दिन्छु भन्दै टार्दै गरे,’ उनले भनिन्, ‘पाइन्छ भनेर लामो समय कुरें तर केही पनि भएन ।’
छोरीको प्रतिभामाथि खेलवाड गरेको चाल पाएपछि उनका बुबा खेम लामाले प्रहरीमा जान आँट दिएको बताए । एक महिनाअघि पोखराबाट काठमाडौं आएका खेमले सुरुमा दिन्छु भनेर आश देखाएको र पछि भाग्न थालेको दाबी
गरे । ‘सुरुमा घाटामा छु, पछि दिउँला’ भनेर टारेको बताउँदै ऋतुले आफूले पाउनुपर्ने पुरस्कार हात नपार्दासम्म संघर्ष गर्ने बताइन् । ‘प्रतिभा प्रस्फुटन र प्लेटर्फम दिने भन्दै ठगी गर्नेलाई चेत खुवाउनै पर्छ,’ उनले भनिन् । हनुमानढोकाका प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीले उजुरी परेपछि प्रभास ‘आफैँ प्रहरीकोमा आउँछु भन्दै छल्दै हिँडेको’ बताए । उनले आइतबार सम्म प्रहरी कार्यालय नआए ठगी अन्र्तगत कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया