Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
लन्डन -लन्डन ओलम्पिकमा ठूलो संख्यामा पूर्व गोर्खा सैनिकहरूले सुरक्षा जिम्मेवारी पाएका छन्। बेलायतस्थित गोर्खा सेक्युरिटी सर्भिस कम्पनीबाट छानिएका १ सय ५० पूर्व गोर्खा सैनिकले ओलम्पिकमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन्।
‘ओलम्पिकको सुरक्षाका लागि भुपू गोर्खा सैनिकले उच्च तहको जिम्मेवारी पाएका छन्,’ गोर्खा सेक्युरिटी सर्भिसका निर्देशक विष्णु तामाङले भने। उनका अनुसार अहिले गोर्खा सैनिकहरूले एक्सेस कन्ट्रोल, पेरिमिटर कन्ट्रोल तथा भिआइपी र खेलाडी बसेको होटलमा सुरक्षा दिइरहेका छन्। छनोटमा परेका सैनिकहरूले तत्कालका लागि वेम्बले स्टेडियम र वेम्बले अरिनाको जिम्मा पाएका छन्।
तामाङका अनुसार तीन साता लामो ओलम्पिकका लागि जिफोरएस कम्पनीका अन्य सब कन्ट्र्याक्टरका माध्यमबाट ओलम्पिकमा करिब १० हजार नेपालीले काम पाएका छन्।
‘विभिन्न भुपू सैनिकहरूले खोलेको सेक्युरिटी एजेन्सीबाट करिब १० हजार नेपालीले ओलम्पिकमा सुरक्षा जिम्मेवारी पाएका छन्,’ उनले भने। अहिले भुपू गोर्खा सैनिकले खोलेका सेक्युरिटी कम्पनीको संख्या ४० हाराहारी छ।
गोर्खा सेक्युरिटी सर्भिस कम्पनी अन्तर्गत अहिले ओलम्पिकका लागि जिम्मा सम्हालेका मणि लिम्बुले भिआइपी सुरक्षामा पूर्व गोर्खा सैनिक छानिनु नेपालकै गर्व रहेको बताए। बेलायतको गृह मन्त्रालयका अनुसार अहिले सरकारले ओलम्पिकका लागि १८ हजार २ सय ब्रिटिस आर्मी खटाएको छ। यसबाहेक पूर्व गोर्खा सैनिक खटिएका हुन्।
यसैगरी ब्रिटिस आर्मीबाट करिव ९० नेपाली छनोटमा परेका छन् जसमध्ये ७० जना गोर्खा छन्। ब्रिटिस गोर्खा सैनिक लाल राणाका अनुसार भेहिकल स्त्रि्कनिङ एरिया, पेडेस्ट्रियन स्त्रि्कनिङ एरिया र पेरिमिटर स्त्रि्कनिङ फोर्स अहिले गोर्खा सैनिकको मुख्य जिम्मेवारी हो।
ओलम्पिकका लागि छानिएका भुपू सैनिकले प्रतिघन्टा ८.५ पाउन्ड पारिश्रमिक पाउँछन्। सुरक्षाबाहेक ओलम्पिकमा स्वयम्सेवकका रूपमा पनि नेपालीले सहभागिता जनाइरहेका छन्।

तपाईको प्रतिक्रिया