Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
विराटनगर- पार्टीबाट ‘अलग्गिने’ तयारीमा रहेका एकीकृत माओवादीका विद्रोही खेमा वैद्य पक्षका नेता सीपी गजुरेलले मोरङका उद्यमी-व्यवसायीसँग भेटघाट गरेका छन्। आर्थिक एजेन्डा प्रस्तुत गर्दै ‘राजनीतिक लाभ’का लागि गरिएको व्यापारिक भेटघाटमा माओवादी नेता गजुरेलले पार्टीबाट अलग हुने संकेत पनि गरे।
मोरङ व्यापार संघका कार्यसमितिका पदाधिकारीसँग आइतबार विराटनगरमा उनले एकघण्टा लामो कुराकानी गरे। ‘संविधान सभा अवसान हुनुमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बावुराम भट्टराईको अक्षमता’ रहेको बताउने गजुरेलले वैद्य पक्षले अघि सारेको नयाँ विकल्प सर्वपक्षीय गोलमेच सम्मेलनको वकालत गरे। ‘सबैपक्षको प्रत्यक्ष सहभागितामा गोलमेच सम्मेलन गरेर नयाँ संविधान बनाउनुपर्छ’-व्यापारीहरुसँगको छलफलमा माओवादी नेता गजुरेलले बोलेको कुरा उद्धृत गर्दै एक उद्यमीले भने,‘यो नै राम्रो विकल्प हुने गजुरेलको भनाई थियो।’
बारम्बार विराटनगर आइरहने माओवादी नेता गजुरेलले भने यसपालीको पूर्व बसाईको क्रममा व्यापारिकहरुसंग पनि छलफल गरेका हुन्। ‘राजनीति एजेन्डामै बहस गर्न बढी रुचाउने गजुरेल कामरेड आफैले व्यापारीहरुसंग पनि कुराकानी गर्ने प्रस्ताव राख्नुभो’-वैद्य पक्षीय मोरङका एक नेताले भने,‘उहाँको प्रस्ताव स्वीकार्दै हामीले व्यापारीहरुसंग भेटने व्यवस्था मिलाएका हौ।’
मोरङ व्यापार संघका अध्यक्ष अभिनाश बोहराले वर्तमान राजनीति परिवेशमा माओवादी नेता गजुरेलसंग कुराकानी भएको वताए। गजुरेल संविधानसभा विघटनपछिको राजनीति र आर्थिक अवस्थाका बारेमा बुझ्न आएको बोहराको भनाई छ। ‘संविधान आउँछ, देशले निकास पाउँछ भन्ने हाम्रो चाहना थियो’-बोहराले भेटघाटमा गजुरेललाई भने,‘संविधान नआएपछि देशमा अन्यौल छ, निकास दिने काम राजनीति दलकै हो, निकास दिनुस।’ उद्यमी-व्यवसायीहरुसंग गजुरेलको भेटघाट ‘अनौपचारिक’ थियो।
राजनीति एजेन्डामा देश धेरै अल्झियो,  आर्थिक एजेन्डा ओझेलमा परे भन्दै उद्यमी-व्यवसायीहरुले माओवादी नेता गजुरेलसंग गुनासो गरे। ‘आर्थिक एजेन्डामा राजनीति दलले ध्यान दिनुपर्‍यो, प्राथमिकतामा राख्नुपर्‍यो भनेर हामीले आग्रह गर्‍यौ’-बोहराले भने,‘उहाँले पनि त्यसमा सहमती जनाउनु भयो।’ गजुरेलले यहाँका उद्यमी-व्यवसायीहरुलाई बैधपक्ष पूँजीबाद नै होस भन्ने चाहेको वताए। ‘राष्ट्रिय पूँजीलाई बढाबा दिनुपर्छ’-गजुरेलले भने,‘हामी पूँजीबादकै पक्षमा छौ।’ मुलुकलाई औद्योगिकरण गर्नका लागि पूँजीवादलाई नै जोड दिनुपर्ने गजुरेलको भनाई थियो।
उद्यमी-व्यवसायीको छलफलमा नेता गजुरेलले राष्ट्रपतिले चासो देखाएमा ‘गोलमेच सम्मेलन’ बाट नयाँ सरकार र संविधान निर्माण गर्न सकिने जिकिर गरे। ‘अव राजनैतिक दलका नेताहरुले मात्रै प्रधानमन्त्री र मन्त्री बन्नुपर्छ भन्ने वाध्यता छैन’-उनले भने,‘गोलमेचबाट नागरिक समाज, उधोगी-व्यापारी वा वौद्धिक व्यक्ति जो सुकैलाई प्रधानमन्त्री बनाउन सकिन्छ। ***

तपाईको प्रतिक्रिया