Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
टोकियो (जापान)– जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेशन (जिट्को)ले मागअनुसार जापानमा नेपाली कामदार पठाउन नसकेको भन्दै ४८ जनाको कोटा रद्द गरेको छ ।
फ्रेण्डसिप इन्टरनेशनल कम्पनीले ४८ जना कामदारको माग लगेको थियो । कम्पनीले वैदेशिक रोगजार विभागबाट श्रम स्वीकृत लिई छनोट सुरु गरे पनि समयमै कामदार नपठाएपछि कोटा रद्द भएको हो ।
कम्पनीले लगेको कोटा ३६ पुरुष र १२ महिलाको थियो । जिट्कोबाट कामदार पठाउन नेपाली कम्पनीहरुले सुरु गरेको दुई वर्षमा अहिलेसम्म १ सय ३१ कामदार जापान आएका छन् ।
यसैबीच जिट्कोका अधिकारीहरु तीन सातापछि पुनः नेपालमा कामदारको अध्ययन गर्न काठमाण्डू जाने श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया