Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
अमेरिका- अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गर्ने नेपाली विद्यार्थी अपूर्ण श्रेष्ठलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई दिएका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो हस्ताक्षरसहित उनलाई पठाएको विशेष बधाईपत्रमा उक्त सफलताको सराहना गर्दै सो शैक्षिक सफलताले उनको मात्र नभई २१ औं शताब्दीमा अमेरिकाको सफलतालाई समेत इङ्गित गर्ने धारणा व्यक्त गरेका छन् ।
उनले अमेरिकी राज्य भर्जिनियाको निम्नमाध्यमिक तह टपेका हुन् । राजधानीको ओमबहाल टोलका श्रेष्ठले यसवर्ष निम्नमाध्यामिक तहमा अमेरिकाको भर्जिनिया राज्यमै सर्वोत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति शैक्षिक पुरस्कार प्रेसिडेन्टस एजुकेसन अवार्ड प्राप्त गरेका छन् ।
उनी भर्जिनियाको इगल भ्यु स्कुलमा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया