Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
काठमाडौं– हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीराम तिवारीको हत्यामा सलग्नलाई  तत्काल पक्राउ गरि कारबाही गर्नु पर्ने भन्दै हिन्दुवादी संघ सस्थाले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
शुक्रबार बस्ने बिभिन्न हिन्दुवादी संस्थाको भेलाले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम तय गर्ने बताइएको छ । उनीहरु मधेस मिडिया हाउसमा शुक्रबार नै पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
यसैबिच तिवारीका परिवारहरुले आफुहरुलाई बदनियतबश दिएको आठ लाख रुपैयाँ सहित आज नागेन्द्र झा, मन्त्री साह र प्रधानमन्त्री भटराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारी गरेका छन् । बिहीबार दिनभर उनीहरुले कानुनी परामर्श गरेका थिए ।

तपाईको प्रतिक्रिया