Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – ललितपुरमा रातो मछिन्द्रनाथको प्रसिद्ध रथयात्रा हर्ष उल्लासका साथ चलिरहेको छ। शनिबार रथलाई सुनधाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ भने आइतबार लगनखेलतर्फ लैजाने तयारी गरिएको छ।

यस जात्रामा ललितपुरसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालुहरू सहभागी हुने गरेका छन्। वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने मछिन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक मानिन्छ।

इतिहासअनुसार यो जात्रा लिच्छविकालीन राजा नरेन्द्रदेवको समयमा सुरु भएको मानिन्छ। पौराणिक कथाअनुसार उपत्यकामा लामो समय खडेरी परेपछि गोरखनाथका गुरु मछिन्द्रनाथलाई नेपाल ल्याइएपछि वर्षा भएको विश्वास छ। त्यसयता मछिन्द्रनाथलाई वर्षा र समृद्धिका देवताका रूपमा सम्मान गर्दै हरेक वर्ष भव्य रूपमा यो जात्रा मनाउने परम्परा चल्दै आएको छ।

तपाईको प्रतिक्रिया