Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सप्तरीको राजविराज कारागारमा जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि अवस्था तनावपूर्ण बनेको छ।

कैदीबन्दीहरूले चौकीदार नियुक्तिका क्रममा जेलर मण्डलले रकम असुलेको तथा ‘बी ब्लक’का चौकीदार राम रिझनले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। aआन्दोलन नियन्त्रण गर्न प्रहरी कारागारभित्र परिचालन गरिएपछि शनिबार बिहान स्थिति थप तनावग्रस्त बनेको थियो। प्रहरीले बल प्रयोग गरी आन्दोलन रोक्न खोजेपछि पाँच जना कैदीबन्दीले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

उनीहरूको प्रयासपछि सम्भावित दुर्घटना टार्न प्रहरी पछि हटेको जनाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार कारागारको सुरक्षा अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया