Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जस्थित चक्रपथमा भारतीय नम्बर प्लेटको कारसहित पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी तथा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा सिवानी शाही, सुशान्त शाही, बिकी साह, उर्जा लामा, कुन्तिमाया लिम्बू, निउजित, विष्णुमाया खापुङ, पार्वती तामाङ, विनोद थापा मगर र जीवन राना मगर घाइते भएका छन्।प्रहरीले दुर्घटनामा संलग्न सबै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया