Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

युट्युब सर्ट्समा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने भएको छ ।

यो सुविधा अक्टोबर १५ तारिखदेखि शुरु हुने छ भने यस परिवर्तनले यसअघि अपलोड गरिएका कुनै पनि भिडियोहरूलाई असर नगर्ने बताइएको छ ।

अब युट्युबबाट धेरै क्लिपहरू तानेर मनपर्ने युट्युब भिडियोहरूबाट क्लिपहरू रिमिक्स गर्ने सुविधा पनि आउने बताइएको छ । यसबाहेक सर्ट्स मन नपर्नेहरूका लागि भने यूट्युबले सो फ्युअर अफ देम (थोरै देखाउने) भन्ने विकल्प प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

तपाईँले आफ्नो होम फिडको कुनै पनि सर्ट्स ग्रिडको माथिल्लो दायाँपट्टि रहेको तीन वटा थोप्लाहरूमा ट्याप गरेर यस विकल्पलाई छनौट गर्न सक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया