Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

यहाँ,
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ,
काम नगर्नेहरु बाट नै
भाषण ठुलो ठुलो छाटिन्छ
टिटिमाइले आकाश आटे झै
आश्वासन ठुला ठुला बाटिन्छ
भुसिया कुकुरबाट
जनताको दिमाग चाटिन्छ
आज एउटा कुरोको सल्लाह
भोली अर्कै कुरोको हल्लाह छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यो शहरको बाहिर एउटा
भित्र अर्कै खोल छ
मान्छे पिच्छे यहाँ
मान्छे मान्छे बिच मोल छ
निमुखाहरु बिचरा छन
बलिया बाङगाको बोल छ
हेर्दा तडक र भडक सबैको
बुझ्दा भित्र धेरै डामाडोल छ
आजको भाले त्यो
भोली त त्यो चल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ घरै पिच्छे
तुम्बा र ठर्राको भट्टी छ
भट्टी भित्र
मन बहलाउने अधबैसे पट्ठी छ
नगद नारायणलाई स्वागत
उधारो माग्नेलाई कट्टी छ
बहिर छेक्ने पर्दा भए पनि
भित्र सबै खुलमखुल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

ठग्नेहरु पनि यही
ठगिनेहरु पनि यही
जती शुद्दता कुरा गरे पनि
हरेक खाधान्यमा माटोको डल्ला छ
हिजो पनि
आज पनि
सरकारको सधैं
करबाही गर्छु भन्ने हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!!

 

यहाँ,
हरेकको आफ्नै दाउ छ
सोझा साझालाई घुमाउ छ
टाठा बाठाको सधैं भाउ छ
मै हुँ भन्नेको पनि यहां बाउ छ
हिजो कै नहुनेहरु आज
गगन चुम्बी भब्य गाऊ छ
देखाउने एउटा
बेच्ने अर्कै गल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ !!! ***

तपाईको प्रतिक्रिया