Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौँ – यो वर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान समर्पण समारोह आज अपरान्ह ३ बजे अनलाइनबाटै हुने भएको छ।
समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वद् प्रवचन दिनेछन्। यो वर्षको जगदम्बाश्री सम्मानबाट सम्मानित हुने शान्ति ठटाल पोखराबाट र मदन पुरस्कार विजेता पुस्तक महारानीका लेखक चन्द्रप्रकाश बानियाँ पोखराबाट समारोहमा जोडिने जनाइएको छ।

समारोहमा डा. पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारिपारिको ऐतिहासिक सम्बन्धका विषयमा बोल्नेछन्। त्यस्तै जगदम्बाश्री सम्मानित साधक शान्ति ठटालले आफ्नो साङ्गीतिक यात्राको चर्चा गर्नेछिन्।

पोखराबाट चन्द्रप्रकाश बानियाँले महारानी पुस्तक लेखन पछाडिका तयारी र अनुभवहरू सुनाउनेछन्। कार्यक्रम एक घन्टाको हुनेछ र मदन पुरस्कारको फेसबुक पेज तथा युट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सकिने छ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भने, “कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसके पनि सूचना प्रविधिमार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ।”

आज प्रवचन र मन्तव्यको कार्यक्रम मात्र हुनेछ। महामारी र बन्दाबन्दीपछि गुठीका सदस्यहरू सिलिगुडी र पोखरा गएर जगदम्बाश्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको मदन पुरस्कार गुठीले जनाएको छ।

तपाईको प्रतिक्रिया