Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
पाँचथर– जिल्ला विकास समिति पाँचथरका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी हरिश्चन्द्र नेम्वाङको आज ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधन विहान साढे एघार वजे फिदिम ३ स्थित निजी निवासमा भएको हो ।
दुवै मृगौलाले नेम्वाङका दुवै मृगौलाले काम छोडेको थियो । उहाँको निधन पछि यतिखेर अन्तिम श्रद्धाञ्जलीका लागि जिल्ला स्थित कार्यालय संघ संस्था र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेम्वाङको घरमा भेला भएका छन् ।
उहाँ जहाँनिया राणा शाषा र पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलनमा सकृय रहँदा पटक पटक जेल समेत पर्नु भएको थियो । नेम्वाङका ३ छोरा २ छोरी र एकजना श्रीमती हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया