Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – केही दिनदेखि अभिनेत्री स्वस्तिमा खड्का र गायक–अभिनेता प्रकाश सपुतबीच बोलचाल नभएको चर्चा चलेको छ। केही मिडियाले त उनीहरूबीच ‘पानी बाराबार’ भएको दाबीसमेत गरेका थिए।

प्रकाश र स्वस्तिमाले विभिन्न म्युजिक भिडियोदेखि फिल्मसम्म सहकार्य गरेका छन्। प्रकाशले निर्देशन गरेको डेब्यु फिल्म ‘वसन्त’ मा पनि स्वस्तिमालाई प्रमुख भूमिकामा राखेका थिए। तर, ‘वसन्त’ को प्रचारमा स्वस्तिमा सक्रिय नभएपछि उनीहरूबीच मनमुटाव आएको चर्चा छ।

यद्यपि, यस्तै हल्लाबीच प्रकाश र स्वस्तिमा अभिनीत नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ को प्रमोशनल भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा उनीहरूले एउटै गिलासमा पानी पिएकाले ‘पानी बाराबार’को हल्ला असत्य भएको प्रष्ट हुन्छ। भिडियोमा कलाकार सीता न्यौपानेले ‘पानी बाराबार भाछ भन्या सुन्या थिएँ, अझै पनि नबोलेको हो?’ भनेर प्रश्न गर्छिन्। त्यसपछि स्वस्तिमा र प्रकाश दुबै हाँस्दै एकअर्कालाई ‘तपाईं भन्नु न’ भन्दै जवाफ दिन्छन्।

प्रकाशले चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत भदौ २ गते ओएसआर डिजिटलमार्फत रिलिज हुने जानकारी दिन्छन्। स्वस्तिमा भने असोज १३ गते चलचित्र हेरेर रमाइलो गर्न आग्रह गर्छिन्। अन्त्यमा प्रकाशले गिलासमा रहेको पानी स्वस्तिमालाई दिएर उनीसँगै जुठो पानी पिउँछन्।

तपाईको प्रतिक्रिया