Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’बीचको सम्बन्ध दर्शकलाई नयाँ कुरा होइन। उनीहरूको व्यक्तिगत र व्यवसायिक दुवै सम्बन्ध धेरै नजिकको छ। ‘छक्कापञ्जा’ श्रृंखलाबाट सुरु भएको उनीहरूको सहकार्य अहिले पनि निरन्तर छ। पछिल्ला दिनमा दीपकराज गिरी सामाजिक सञ्जालमा चर्चामा छन्। उनले मंगलबारदेखि लगातार फेसबुकमा स्टाटस लेख्दै ‘हेट स्पिच’को विरोध गर्दै आएका छन्।

तर, यसैबीच केहीले उनलाई आलोचना पनि गरेका छन्। यसै सन्दर्भमा, गिरीका साथी र सहकर्मी माग्ने बुढाले बुधबार बिहान फेसबुकमा दीपकका विभिन्न स्टाटसको स्क्रिनसट सेयर गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्– “जिसका कोही नहीं होता है, उसका दीपकराज गिरी होता है।” केदारले थप लेखेका छन्– “फिल्म रिलिजको बेला विवादित कुरा बोल्न हुँदैन भन्ने भनाइ छ। तर, दीपक सर भने सधैं कसैलाई ठुलो समस्या परेको बेला बोल्नुहुन्छ। यसअघि पनि धेरैजनाको समर्थनमा उभिनुभएको छ।”

माग्ने बुढाले सेयर गरेका स्क्रिनसटमा दीपकले आफ्नो जन्मदिनका बेला लेखेको स्टाटस, रास्वपा अध्यक्ष रवि लामिछानेबारेको टिप्पणी, ‘छक्कापञ्जा ५’ बहिष्कार गर्नुपर्ने भन्दै चलेको अभियानमा दिएका प्रतिक्रिया, र गायक समीक्षा अधिकारी तथा एलिना चौहानको समर्थनमा लेखिएका स्टाटसहरू समावेश छन्।

तपाईको प्रतिक्रिया