Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
जर्मनी- जर्मनीमा पनि अन्तराष्ट्रिय कलाकार मञ्चको शाखा बिस्तार भएको छ । छुट भएका कलाकारहरुलाई समेट्ने, कला र संस्कृतिका लागि निस्वार्थ ढंगले मञ्चको केन्द्र अन्तरगत रहने गरी विधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रीय समितिले अनुमोदन गरेको छ।
जर्मनी कार्यसमितिको अध्यक्षमा लव थापा, उपाध्यक्षमा सन्तोषराज गुरुङ, महासचिवमा बेल गुरुङ, सचिव नोर्बु छिरिङ गुरुङ र कोषाध्यक्षमा लक्ष्मण जोशी छन् ।
यसैगरी सदस्यहरुमा सुरेश कटुवाल क्षेत्री, भाबुक मैनाली, गोकुल शर्मा, प्राप्ति घिमिरे, सन्जु लामा, प्रेम गुरुङ, दिपेश कार्की, सचिन केसी, शारदा राई, ममता गौतम, खुमराज पुन र लोटस भट्टराई छन् ।
यसैगरी सल्लाहकारमा ध्रुब शाक्य, पंचुरत्न घिमिरे, यज्ञराज सुवेदी, विजय मोक्तान, दयाराम  पौडेल र चप्चा राई चयन भएका छन् ।
यसैगरी अन्तराष्ट्रिय कलाकार मञ्चले एक प्रेस रिलिज जारी गर्दै युरोप महाशाखाका उपाध्यक्ष पुष्प बरुवाल मञ्चमा नरहेको स्पष्ट पारेको छ । अहिलेसम्मको योगदानको भने कदर गरिएको छ ।
यसैगरी अध्यक्ष निता श्रेष्ठको योगदानको पनि सम्मान गर्दै विदाइ गरेको छ ।

तपाईको प्रतिक्रिया