Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको गिरफ्तारीका लागि जानकारी दिने व्यक्तिलाई १ करोड डलर पुरस्कारको घोषणा गरेको छ। गुआनमाथि कम्प्युटर फायरवाल ह्याक गरी साइबर अपराध गरेको आरोप लागेको छ। विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन चीनको सिचुआन प्रान्तमा बसोबास गर्दै आएका छन्। मङ्गलबार गुआनविरुद्ध कम्प्युटर र तार धोखाधडीको षड्यन्त्र गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।

अमेरिकी अर्थ मन्त्रालयले गुआनले काम गर्ने सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडमाथि प्रतिबन्ध लगाएको छ। अभियोग अनुसार गुआन र उनका सह–षड्यन्त्रकारीहरूले बेलायतस्थित सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएर विश्वभरका हजारौँ नेटवर्कमा आक्रमण गरेका थिए। उप महान्यायाधिवक्ता लिसा मोनाकोका अनुसार सन् २०२० को अप्रिलमा ८१ हजारभन्दा बढी फायरवाल उपकरणमा आक्रमण गरी प्रयोगकर्ताका डाटा चोरी गरिएको थियो।

अमेरिकी २३ हजार उपकरणमध्ये ३६ वटा महत्त्वपूर्ण पूर्वाधारका लागि प्रयोग भइरहेका थिए। एफबीआईका एजेन्ट हर्बर्ट स्टापलेटनका अनुसार सोफोसले कमजोरी चाँडै पहिचान र प्रतिक्रिया नदिएको भए क्षति अझ गम्भीर हुन सक्थ्यो। अमेरिकाले सिचुआन साइलेन्सले चोरीका डाटा चिनियाँ सरकारी निकायलाई बेचेको आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया