Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

जब बिकाशमा
एकदम अबेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

सहि बाटो नहिँडी
जब हिँड्ने अटेर हुन्छ
जनतालाई हाउँ गरेर
जब ऊ शेर हुन्छ
डरले करले
जब जनता छेर छेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

भोलीलाई पर्सीलाई जोगाउँदा
जब धेर हुन्छ
बोल्ने मात्र तर
नसुन्नेको जेर हुन्छ
तातेकालाई चिस्याउन
जब सारफेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ

योजना नबनिकनै
जब सबै खेर हुन्छ
स्वदेशमा काम नपाएर
विदेशिनेको ढेर हुन्छ
छिमेकीले मिचेको कालापानीको नक्शा र
जन-आँसुको हेराहेर हुन्छ
तब मंत्रीमंडलमा
हेरफेर हुन्छ ।।

  • राकेश कार्की -लस एन्जेलस

तपाईको प्रतिक्रिया