Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026


केहि मात्र कमाएर फ़र्कन्छु भनि प्रदेशिएकी तिमी
कमाउँदा कमाउँदै त्यसको किटान र मापदण्ड
कोर्नै नसकेर उतै उतै हराउँदैछ्यौ तिमी !!!

प्रेमको भोकमा निक्लनै नसक्ने गरी
दिनप्रतिदिन उतै उतै हराउँदैछ्यौ तिमी
निद्रामा पनि बेग्लाबेग्ले प्रेमिकाको
नामजप्दै बर्बराउँदैछ्यौ तिमी !!!

यसो एक सर्को, एक डोज, एक गिलास
र एक बोतल भन्दै
धुम्रपान, मद्यपान र नशालु पदार्थको सेवनमा
दैनिक डुब्दैछ्यौ तिमी
नियन्त्रणहिन बन्दै उतै उतै नशालु संसारमा
हराउँदै छ्यौ तिमी

एकैछिन र एकैखाल खेलेर आउँछु भनेर गएका तिमी
जुवा, तास र अनेकौं गेम्बलिङ्को संसारमा
उतै उतै हराउँदै छ्यौ तिमी !!!

सानो झुट, छल र ठगमा रम्दारम्दै
ठग र ठगी, झुट र छलको संसारमा महामहिम हुँदै
उतै उतै हराउँदै छ्यौ तिमी !!!

आखिर जहाँ हराएपनि, जस्का लागि हराए पनि
सबैभन्दा आफ्नै लागिसमेत हराउँदैछ्यौ तिमी
केही र कोही नभएझैं एक्लै बर्बराउँदैछ्यौ तिमी
केहि नभएझैं एक्लै लर्खराउँदैछ्यौ तिमी !!!

तिम्रो निराशामयी त्यो पथ प्रदर्शन हेरी
तिम्रा आफन्त चिनेजानेकाहरु हेरुन्, बसून् कसरी
तिम्रो होश यता कहिले फर्केर आउला ?
त्यसै दिन हामी सबै हर्षले रमाऊँला !!

गोरखा, हाल टोकियो

 

तपाईको प्रतिक्रिया