Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने बाटो खुला भएको छ। बीबीसीका अनुसार, अदालतको यो निर्णयसँगै टिकटकलाई प्रतिबन्धित गर्न सकिने सम्भावना बढेको छ।

टिकटकले संघीय अदालतमा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै आफ्नो तर्क प्रस्तुत हुने आशा गरे पनि अदालतले उक्त अपिल अस्वीकार गरिदिएको हो। टिकटकले यो कानून असंवैधानिक ठहर गराउने प्रयास गरे पनि अदालतले टिकटकलाई सन् २०२५ सम्म प्रतिबन्धित वा बिक्री गर्नुपर्ने कानूनलाई समर्थन गरेको छ। यद्यपि, टिकटकले आफ्नो कानूनी संघर्ष जारी राख्ने र सर्वोच्च अदालतमा अपिल गर्ने योजना बनाएको छ।

टिकटकका मालिक चिनियाँ कम्पनी बाइटडान्स र चिनियाँ सरकारबीच सम्बन्ध रहेको आशंकामा अमेरिकाले यो कदम उठाएको हो। तर, टिकटक र बाइटडान्सले यी आरोपहरूलाई बारम्बार खण्डन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया