शुक्रबार असार १८, २०७८
समुन्द्र समतह देखि चार हजार ४०० मिटर उच्चाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँबाट चीनले राहत दिएको खाद्यान्न लिन टिप्ताला नाका जानका लागि याक तयारी गर्दै ।
बिहिबार असार १७, २०७८
पोखराको फेवातालमा डुङ्गा लिएर ताल पारी पौडी खेल्नका लागि जाँदै गरेका पर्यटक ।
बिहिबार असार १७, २०७८
रोपाइँमा हिलो खेलेपछि पानीले अनुहार पखाल्दै बागलुङ नगरपालिका-४ कुँडुलेका बालक ।
बुधबार असार १६, २०७८
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० घोचेखोला डोडखोला फाँटमा धान रोपाइँमा रमाउँदै ।
बुधबार असार १६, २०७८
काठमाडौँको असन चोकमा यात्रुको प्रतिक्षामा रहेका रिक्सा चालक ।
मङ्लबार असार १५, २०७८
काठमाडौँमा रहेको कला सुन्दरताले भरिएको स्वयम्भू मन्दिर । निषेधाज्ञा खुकुलो भएसँगै अहिले यहाँ दर्शन गर्न आउने भक्तजनको चहलपहल शुरु भएको छ ।
मङ्लबार असार १५, २०७८
समयमै मनसुन सुरु भएकाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसान ।
आइतवार असार १३, २०७८
सूर्यास्तसँगै अवतरण भइरहेको हवाईजहाज । कैयौं दिनयता उपत्यकामा वायु प्रदूषणका कारण मौसममा दिनहुँ खराबी देखिँदै आइरहेको थियो ।
आइतवार असार १३, २०७८
बागलुङको ताराखोला गाउँपालिका-३, दरमखोला माथिको अस्थायी पुलमा जोखिम मोलेर यातायातको साधन गुडाइँदै ।
आइतवार असार १३, २०७८
गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पताल अगाडि रहेको बिग्रेको एम्बुलेन्स ।
आइतवार असार १३, २०७८
म्याग्दीका धवलागिरि गाउँपालिका-७ धारापानीमा बाख्रा चराउनका लागि चरणक्षेत्रतर्फ लैजाँदै गरेका किसान ।
शुक्रबार असार ११, २०७८
काठमाडौँको नैकापबाट देखिएको उपत्यका । केही दिन यता उपत्यकामा गर्मी बढेको छ ।
शुक्रबार असार ११, २०७८
ललितपुरस्थित पाटन दरबार परिसरमा रहेको २१ गजुर कृष्ण मन्दिर डबलीमा प्रदर्शनीमा राखिएको राजा श्रीनिवास मल्लको सिंहासन ।
मङ्लबार असार ८, २०७८
सिन्धुपाल्चोकको भोटेचौरबजार आसपासको क्षेत्र । काठमाडौँबाट मेलम्ची हुँदै हेलम्बु सवारी साधन आवतजावत हुने बाटो बर्खा र कोराना कहरका कारण अहिले सुनसान देखिएको छ ।
मङ्लबार असार ८, २०७८
काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिएसँगै सवारीकाे चाप बढेको छ ।
सोमवार असार ७, २०७८
ताल बाराही मन्दिर जाने बाटो नजिकै बाँसको झ्याङमा बचेरालाई चारो खुवाउँदै वस्तु बकुल्ला ।
सोमवार असार ७, २०७८
ज्यानको पर्वाह नगरी मेलम्ची नदी नियन्त्रणमा सशस्त्र प्रहरीको टोली ।
आइतवार असार ६, २०७८
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचमा रहेको मन्दिर तथा पोखरी पुनःनिर्माणपछि सौन्दर्य थपिएको छ ।
आइतवार असार ६, २०७८
जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै ।
बुधबार असार २, २०७८
इन्द्रावती नदीमा आएको बाढीका कारण डुबानमा परेको मेलम्ची बजार ।