Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – दाउन्नेदेवी चौपता, नवलपरासीस्थित शहिद स्मृति सामुदायिक विकास केन्द्रलाई गत मंसिर २७ गते आयोजित एक समारोहबीच गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष देवमान हिराचनले आधुनिक प्रविधिको एक अल्ट्रासाउण्ड मेसिन सहयोग प्रदान गर्नुभएको छ ।

दुर्गम स्थानका महिलाले प्रसुती ब्यथाका कारण अनेक कष्ट झेल्नुपरेको तथा कैयन महिलाले प्रसुती ब्यथाकै कारण ज्यानसमेत गुमाउनु परेकोले महिलाको जीवन सुरक्षित गराउन टेवा पुग्ने अपेक्षाका साथ आफूले सो सहयोग प्रदान गरेको हिराचनले बताउनुभयो । करिब आठ लाख मूल्यको उक्त अल्ट्रासाउण्ड मेसिनको सहायताबाट गर्भवती महिलाको पेटमा रहेको शिशुको अवस्थाबारे पूर्वजानकारी लिएर जटिल केसमा पहिले नै आवश्यक उपचार गर्न मद्दत पुग्ने भएकोले प्रसुतीकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट सो क्षेत्रका महिलाले मुक्ति पाएको भन्दै शहिद स्मृति सामुदायिक विकास केन्द्रका अध्यक्ष क्षेत्रबहादुर थापाले प्रसन्नता व्यक्त गर्नुभयो ।

अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको भोलीपल्ट बिहान आयोजित स्थानीयवासीको जमघटबीच दाँत सफाईको महत्व र सफाइको तरिकाबारे एक जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको थियो । क्योतो हियोशिगाओका लायन्स क्लब जापानबाट आएका दन्तचिकित्सकहरुले स्थानीयवासीलाई सोबारे प्रशिक्षण दिनुका साथै दाँतको सफाईका निम्ति आवश्यक सामग्रीहरु उपहारस्वरुप प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया