Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – दाउन्नेदेवी चौपता, नवलपरासीस्थित शहिद स्मृति सामुदायिक विकास केन्द्रलाई गत मंसिर २७ गते आयोजित एक समारोहबीच गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष देवमान हिराचनले आधुनिक प्रविधिको एक अल्ट्रासाउण्ड मेसिन सहयोग प्रदान गर्नुभएको छ ।

दुर्गम स्थानका महिलाले प्रसुती ब्यथाका कारण अनेक कष्ट झेल्नुपरेको तथा कैयन महिलाले प्रसुती ब्यथाकै कारण ज्यानसमेत गुमाउनु परेकोले महिलाको जीवन सुरक्षित गराउन टेवा पुग्ने अपेक्षाका साथ आफूले सो सहयोग प्रदान गरेको हिराचनले बताउनुभयो । करिब आठ लाख मूल्यको उक्त अल्ट्रासाउण्ड मेसिनको सहायताबाट गर्भवती महिलाको पेटमा रहेको शिशुको अवस्थाबारे पूर्वजानकारी लिएर जटिल केसमा पहिले नै आवश्यक उपचार गर्न मद्दत पुग्ने भएकोले प्रसुतीकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट सो क्षेत्रका महिलाले मुक्ति पाएको भन्दै शहिद स्मृति सामुदायिक विकास केन्द्रका अध्यक्ष क्षेत्रबहादुर थापाले प्रसन्नता व्यक्त गर्नुभयो ।

अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको भोलीपल्ट बिहान आयोजित स्थानीयवासीको जमघटबीच दाँत सफाईको महत्व र सफाइको तरिकाबारे एक जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको थियो । क्योतो हियोशिगाओका लायन्स क्लब जापानबाट आएका दन्तचिकित्सकहरुले स्थानीयवासीलाई सोबारे प्रशिक्षण दिनुका साथै दाँतको सफाईका निम्ति आवश्यक सामग्रीहरु उपहारस्वरुप प्रदान गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया