Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

पछि उनलाई एक साताका लागि मात्र बेलायतमा बस्न पाइने र त्यसपछि देश छोड्न विमानस्थलमा उपस्थित हुनुपर्ने जानकारी दिइएको थियो । तर सोमबार बेलायतको सीमा सुरक्षा निकाय ‘यूके बोर्डर फोर्स’ले उनको प्रवेश स्वीकृत गर्दै सामान्य नियमअनुसार छ महिनासम्म बस्न अनुमति दिएको वुले बताएका छन् । ६३ वर्षीय वु हाल विघटन भइसकेको डेमोक्रेटिक पार्टीका नेता थिए । उनी हङकङको दबाइएको लोकतन्त्र समर्थक आन्दोलनका सबैभन्दा परिचित व्यक्तिमध्ये एक हुन् ।

वु ‘हङकङ ४७’ भनिने समूहका सदस्यसमेत हुन् । उक्त समूहमा रहेका चर्चित लोकतन्त्र समर्थक नेताहरूलाई विवादास्पद राष्ट्रिय सुरक्षा मुद्दाको सुनुवाइपछि जेल सजाय सुनाइएको थियो । राज्यसत्ता उल्ट्याउने प्रयासलगायत विभिन्न आरोपमा पाँच वर्षभन्दा बढी समय जेल बसेपछि वु गत जुनमा रिहा भएका थिए । वुले आफ्ना छोरा र श्रीमती क्रमशः सन् २०२२ र २०२३ मा बेलायत गएको बीबीसी चिनियाँ सेवालाई बताएका छन् । त्यसयता उनीहरूबीच महिनामा एकपटक हुने टेलिफोन वार्ता र चिठीमार्फत मात्र सम्पर्क भएको थियो ।

हालैको बेलायत भ्रमणका क्रममा परिवारसँग पुनर्मिलन हुने आशा राखेको उनले बताए । हङकङ छाड्नुअघि आफूले हङकङस्थित बेलायती महावाणिज्य दूतावासका कर्मचारीसँग बेलायत प्रवेश गर्दा कुनै समस्या आउँछ कि आउँदैन भनेर परामर्श गरेको वुले बताए । “मैले पाएको जानकारीअनुसार कुनै समस्या हुने थिएन,” उनले भने ।

उनका अनुसार दूतावासका कर्मचारीहरूले उनको आपराधिक अभिलेख र भ्रमण तालिकाबारे बेलायतको सीमा सुरक्षा निकायलाई जानकारी गराउने बताएका थिए । तर बेलायतको सीमा सुरक्षा निकायले आफूलाई केवल परिवार भेट्न आएको विश्वास नगरेको बताए ।

वुले बेलायतमा राजनीतिक शरणका लागि आवेदन दिने योजना बनाएको दाबी अस्वीकार गरेका छन् । यसअघि केही सञ्चारमाध्यममा उनले शरण माग्ने योजना बनाएको समाचार आएको थियो । वुलाई बेलायतमा बस्न दिन आग्रह गर्दै आएको मानवअधिकार संस्था ‘हङकङ वाच’ले पछिल्लो निर्णयको स्वागत गरेको छ । “यो सही निर्णय हो र यसका लागि यति लामो समय लाग्नु हुँदैनथ्यो,” हङकङ वाचकी नीति निर्देशक मेगन खुले सोमबार जारी विज्ञप्तिमा भनिन् ।

वु बेलायत प्रवेशका लागि ‘ब्रिटिस नेसनल ओभरसिज’ अर्थात् बीएनओ राहदानी प्रयोग गरिरहेका थिए । यो विशेष यात्रा कागजात सन् १९९७ जुलाई १ मा हङकङ चीनको शासनमा फर्किनुअघि त्यहाँका स्थायी बासिन्दालाई जारी गरिएको थियो । बीएनओ राहदानीवाहकलाई सामान्यतया भिसाबिना छ महिनासम्म बेलायतमा बस्न अनुमति दिइन्छ ।

सन् २०२१ देखि बेलायत सरकारले बीएनओ राहदानीवाहकका लागि विशेष भिसा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त भिसा पाउने व्यक्तिले बेलायतमा काम गर्न, अध्ययन गर्न र बसोबास गर्न पाउँछन् । बेलायतमा स्थायी रूपमा बसोबास गरेपछि उनीहरू नागरिकता प्राप्त गर्ने प्रक्रियामा समेत जान सक्छन् ।

हङकङमा विशाल लोकतन्त्र समर्थक प्रदर्शन भएपछि बेलायतले उक्त नीति ल्याएको थियो । हङकङका अधिकारीहरूले ती प्रदर्शनलाई बल प्रयोग गरी दबाएका थिए । त्यसयता हङकङमा बेइजिङको नियन्त्रण बढ्दै गएको छ । लोकतन्त्र समर्थक धेरै नेता तथा अभियन्ता हङकङ छाडेर भागेका छन् भने कतिपय जेलमा छन् । बेलायत सरकारका अनुसार दुई लाख ३० हजारभन्दा बढी हङकङवासीले बीएनओ भिसा प्राप्त गरेका छन् । तीमध्ये करिब एक लाख ७० हजार जना बेलायत सरिसकेका छन् ।

बेलायतको सीमा सुरक्षा निकायको निगरानी गर्ने गृह मन्त्रालयले सोमबार बीबीसी चिनियाँ सेवालाई व्यक्तिगत घटनाबारे टिप्पणी नगर्ने बताएको छ । तर मन्त्रालयले “बेलायतमा रहेका हङकङ समुदायप्रति बेलायत सरकारको समर्थन दृढ रहेको” जनाएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताले हालसम्म हङकङका कुनै पनि बासिन्दाबाट सहयोगको अनुरोध प्राप्त नभएको बीबीसी चिनियाँ सेवालाई बताएका छन् ।

स्रोत : बीबीसी

तपाईको प्रतिक्रिया