Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ।

निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले गोलबजार नगरपालिका–८ चोहर्वास्थित पूर्व–पश्चिम राजमार्ग केही समय अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामासमेत माग गर्दै प्रहरी दमन रोक्नुपर्ने आवाज उठाएका थिए। यसअघि पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा यही घटनालाई लिएर विरोध प्रदर्शन भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा घण्टा सडक अवरुद्ध गरेका थिए। पछि प्रदर्शनकारीसँग छलफल भएपछि राजमार्ग पुनः सञ्चालनमा आएको उनले बताए। सुनसरीको देवानगञ्ज–३ मा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सोही स्थानका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यस घटनापछि सुनसरीसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्।

तपाईको प्रतिक्रिया