Deneme Bonusu Veren Siteler
शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो। तर अदालतले हालसम्म प्राप्त प्रमाणका आधारमा पौडेलको उक्त कसुरमा प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त आधार नदेखिएको जनाएको छ। अभियोगपत्रमा उल्लेख गरिएअनुसार कसुर गरेको देखिने बलियो प्रमाण तत्काल नदेखिएकाले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको अदालतले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया