Deneme Bonusu Veren Siteler
शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले गराएको भन्ने दाबी गलत भएको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डलगत्तै दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडिएको ‘तयार कथा’ विश्वभर फैलाइएको दाबी गरे। आफ्नै परिवारको हत्या गरेर दीपेन्द्रले आत्महत्या गरेको आरोप पुष्टि हुन नसकेको ओलीले बताएका हुन्। ओलीले दरबार हत्याकाण्डको वास्तविकता अझै सार्वजनिक नभएको उल्लेख गर्दै त्यतिबेला फैलाइएको कथाको आधार र स्रोतसमेत स्पष्ट नभएको बताए। उनले उक्त कथाका रचनाकार को हुन् भन्ने पनि अहिलेसम्म थाहा नभएको बताए।

उनले विश्वका प्रमुख सञ्चारमाध्यमले समेत घटनाको यथार्थ खोजी गर्नुभन्दा अपुष्ट सूचना नै व्यापक रूपमा प्रसारण गरेको भन्दै आश्चर्य व्यक्त गरे। साथै, दरबार हत्याकाण्डलाई प्रेम असफलतासँग जोड्ने कथा षड्यन्त्रपूर्वक निर्माण गरिएको उनको दाबी थियो।

तपाईको प्रतिक्रिया