समाचार सुन्नुहोस :
काठमाडौँ – संघीय संसद सचिवालयले सबै सांसदलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। शुक्रबार जारी सूचनाअनुसार सांसदले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत खुल्ने गरी अद्यावधिक विवरण खामबन्दी गरेर पेश गर्नुपर्नेछ।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको सचिवालयले जनाएको छ। सांसदहरूले आगामी साउन १ गतेदेखि भदौ २९ गतेभित्र आवश्यक विवरण सचिवालयमा बुझाइसक्नुपर्नेछ।








