Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो समय केही कमजोर बनेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको भाउमा प्रति १० इकाइ ३ पैसाको सुधार आएको हो ।

येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउले पनि आज उचाइ कायम गरेका छन् । अमेरिकी डलरको बिक्री दर आज प्रतिडलर १५४ रुपैयाँ ४६ पैसा पुगेको छ । आज डलरको खरिद दर १५३ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी, नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो कुवेती दिनारले पनि कीर्तिमान बनाएको छ । आज कुवेती दिनारको बिक्री दर ५०२ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरोको बिक्री दर १७७ रुपैयाँ ०९ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०८ रुपैयाँ ६१ पैसा पुगेको छ । स्विस फ्र्याङ्कको बिक्री दर १९१ रुपैयाँ ३२ पैसा रहेको छ ।

खाडी मुलुक र मलेसियामा श्रम गरिरहेका नेपाली श्रमिकहरूका लागि आजको विनिमय दर निकै आकर्षक देखिएको छ:-

  • कतारी रियाल: ४२ रुपैयाँ ३७ पैसा
  • युएई दिराम: ४२ रुपैयाँ ०६ पैसा
  • साउदी रियाल: ४१ रुपैयाँ १३ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ९३ पैसा
  • बहराइन दिनार: ४०९ रुपैयाँ ६८ पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर ११० रुपैयाँ ०० पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ ११ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया