Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुसम्बन्धी समस्यापछि आकस्मिक एन्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ।

उहाँलाई आज बिहान छातीमा तीव्र दुखाइ भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उहाँलाई हार्ट अट्याक (एक्युट मायोकार्डियल इन्फार्क्सन) भएको पुष्टि भएपछि तत्काल एन्जियोप्लाष्टी गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। हाल शाक्यको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। शल्यक्रियामा डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया