Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लामो समयदेखि थुप्रिएको स्मार्ट लाइसेन्स छपाइको काम पूर्ण रूपमा सकिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स छापेर विभागलाई उपलब्ध गराइनेछ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअन्तर्गत कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ‘ब्याकलग’ अन्त्य भएको मन्त्रालयले जनाएको छ। पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा थप १५ लाख लाइसेन्स छापिएको थियो। हाल दैनिक तीन हजारदेखि पाँच हजारसम्म नयाँ विवरण प्राप्त हुने गरेको र ती लाइसेन्स २४ घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रले आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र, हुलाक टिकट, अन्तःशुल्क स्टिकर तथा जग्गाधनी प्रमाणपत्रलगायतका सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरेको जनाएको छ। यसबाट विदेशी मुद्रा बचत हुनुका साथै रोजगारी र आन्तरिक लगानीमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया