Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी चासोका विभिन्न विषयमा छलफल केन्द्रित छ।

छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी छन्। सचिवालयले यस भेटलाई समसामयिक राजनीतिक विषयमा केन्द्रित महत्त्वपूर्ण संवादका रूपमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया