टोकियो – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येन को भाउमा सामान्य गिरावट आएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको भाउमा प्रति १० इकाइ १ पैसाको गिरावट आएको हो ।
येनको भाउमा केही गिरावट देखिए पनि अमेरिकी डलर र कुवेती दिनारले भने आज उचाइ कायम गरेका छन् । अमेरिकी डलरको बिक्री दर आज तिडलर १५४ रुपैयाँ ३२ पैसा पुगेको छ । कुवेती दिनारको बिक्री दर ५०१ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ १९ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०६ रुपैयाँ ५९ पैसा पुगेको छ । स्विस फ्र्याङ्कको बिक्री दर १९० रुपैयाँ ३० पैसा रहेको छ ।
खाडी मुलुक र मलेसियामा श्रम गरिरहेका नेपाली श्रमिकहरूका लागि आजको विनिमय दर यस प्रकार छ:-
- कतारी रियाल: ४२ रुपैयाँ ३३ पैसा
- युएई दिराम: ४२ रुपैयाँ ०२ पैसा
- साउदी रियाल: ४१ रुपैयाँ ०८ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ८४ पैसा
- बहराइन दिनार: ४०९ रुपैयाँ २८ पैसा
- ओमानी रियाल: ४०० रुपैयाँ ८१ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ७८ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ३३ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








