समाचार सुन्नुहोस :
काठमाडौँ – गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिनदेखि सडक ड्युटीबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी बुधबारदेखि पुनः फिल्डमा खटिन थालेका छन्। सुरक्षाको कारण देखाउँदै केही दिन सडकमा नदेखिएका नगर प्रहरीले ड्युटीमा फर्किएसँगै जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने अभियान फेरि सुरु गरेका छन्।
नगर प्रहरीको अनुपस्थितिमा न्युरोड, असनलगायतका क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण बढेको थियो। तर, उनीहरू पुनः परिचालन भएपछि ती क्षेत्रमा सडक र फुटपाथ व्यवस्थित हुन थालेका छन्। हाल नगर प्रहरीले नियमविपरीत पार्किङ गरिएका सवारी हटाउने तथा सडक र फुटपाथलाई व्यवस्थित बनाउने कामलाई तीव्रता दिएको छ।








