Deneme Bonusu Veren Siteler
बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरकारमा सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति एमालेले सरकारमै रहेर असहयोग गरेको भन्दै मुख्यमन्त्री शाहले बुधबार उक्त निर्णय गरेका हुन्। मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बलका अनुसार मन्त्रीहरूलाई बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा बुझिसकेपछि पदमुक्त गरिएको हो।

एमालेले असार १ गते प्रस्तुत बजेटप्रति सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो। उसका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेका थिए। सरकारबाट पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ। सत्ता साझेदार दलकै विरोधका कारण बजेट २२ दिनसम्म प्रदेशसभामा पेस हुन सकेको थिएन। असार २३ गते टेबल भएको बजेटमाथि सामान्य छलफल भए पनि पारित प्रक्रिया अघि बढ्न सकेको छैन। वैधानिक व्यवस्थाअनुसार बिहीबारभित्र बजेट पारित गरिसक्नुपर्नेछ।

तपाईको प्रतिक्रिया