समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको हो। मंगलबार यही सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ५५ रुपैयाँले महँगिएर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।








