समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच मंगलबार शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
उपराष्ट्रपति यादव मंगलबार दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन्। उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यहाँ जान लागेका हुन्।
भ्रमणका क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट शोक सन्देश पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।








