Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। असार २६ गते आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति करिब २ बजे मृत्यु भएको हो।

घरबाट निस्किएपछि उनले सडकमा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। प्रारम्भिक उपचार प्रादेशिक अस्पतालमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको थियो।

गम्भीर रूपमा जलेका मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहे पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन र उपचारकै क्रममा उनको निधन भएको हो।

तपाईको प्रतिक्रिया