Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई अश्लील व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार घटनामा संलग्न बैतडीका सुरेन्द्र भट्टलाई आइतबार पक्राउ गरिएको हो। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।

पीडित युवतीले आइतबार साँझ करिब साढे ६ बजे घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। युवतीका अनुसार भट्टले गल्लीमा एक्लै देखेपछि कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेका थिए।

पीडितको उजुरीका आधारमा प्रहरी प्रभाग इमाडोलले अनुसन्धान सुरु गरेको हो। प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया