
K・LINE एउटा यस्तो मेनपावर कम्पनी हो, जसले खाद्य प्रशोधन (Food Processing) जस्ता कलकारखानाहरूलाई आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउँदै आइरहेको छ। हाल यस कम्पनीमा करिब ४ सय जना नेपालीहरू पार्ट–टाइम कामदारको रूपमा कार्यरत हुनुहुन्छ। उहाँहरू ५ वटा विभिन्न क्षेत्रका कारखानाहरूमा कार्यरत हुनुहुन्छ। ती कर्मचारीहरूको रेखदेख र व्यवस्थापनका लागि हाल २२ जना नेपाली स्थायी कर्मचारीहरू देहायअनुसार १ देखि ३ सम्मका कार्यहरू गरिरहनुभएको छ।
१. दोभाषे र अनुवाद (Interpretation & Translation): कारखानामा दोभाषेको काम गर्ने र सुरक्षा तथा सरसफाइसम्बन्धी निर्देशनहरूको अनुवाद गर्ने ।
२. व्यवस्थापन (Management): समग्र व्यवस्थापन, कार्य निर्देशन र सिफ्ट मिलाउने काम ।
३. कर्मचारी भर्नासँग सम्बन्धित गतिविधिहरू (Recruitment): विश्वविद्यालय, भोकेसनल स्कुल, जापानी भाषा स्कुल र नेपाली रेस्टुरेन्टहरूमा पुगेर नयाँ कामदारहरूको खोजी गर्ने ।
४. २०२७ अप्रिलका लागि आवेदन आह्वान! ३ जना नयाँ स्थायी कर्मचारी (Full-Time Staff) को आवश्यकता:

योग्यता तथा सर्तहरू
क. नेपाली भाषामा पूर्ण दखल (Native Level) र जापानी भाषाको JLPT N2 तहको ज्ञान भएको हुनुपर्ने ।
ख. हँसिलो, नेतृत्वदायी क्षमता भएको र सबैसँग राम्रोसँग कुराकानी गर्न सक्ने हुनुपर्ने ।
ग. कारखानामा नेपाली सिनियर कर्मचारीहरू हुनुभएकाले काम सिक्न सजिलो वातावरण छ। यहाँ जापानको नागरिकता र स्थायी बसोबास (PR) समेत प्राप्त गरिसक्नुभएका धेरै अनुभवी अनि लामो समयदेखि काम गरिरहनुभएका नेपालीहरू पनि हुनुहुन्छ।
५. कार्यस्थल:
कानागावा (सागामिहारा), गुन्मा (ताकासाकी),
आइची (तोयोआके),
मिए (कुवाना) र
टोकियो (ताचिकावा) गरी ५ स्थानहरू ।

ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू:
क. स्थायी कर्मचारी भएपछि कार्यस्थल रोज्न पाइने छैन। अनुभवका लागि विभिन्न कारखानाहरूमा सरुवा हुन अनिवार्य छ ।
ख. काम सुरु गरेको पहिलो २ वर्षसम्म लामो बिदा लिन पाइने छैन ।
ग. सुरुको कम्तीमा १ वर्ष श्रीमान्–श्रीमती सँगै बस्न पाइने छैन (काम छिटो सिकून् भन्नका लागि यो नियम बनाइएको हो)। हाल कार्यरत कर्मचारीहरूले पनि यस्तै गरेका थिए ।
घ. कारखानाअनुसार डे–सिफ्ट र नाइट–सिफ्ट दुवैमा काम गर्नुपर्ने हुन सक्छ ।
ङ. कम्पनीमा प्रवेश गर्नुअघि जापानको ड्राइभिङ लाइसेन्स अनिवार्य रूपमा लिएको हुनुपर्नेछ ।
६. छनोट प्रक्रिया:
क. कागजात छानबिन र अन्तर्वार्तामा उत्तीर्ण भएपछि अन्तिम चरणमा ३ दिनको इन्टर्नशिप (योग्यता परीक्षण) हुनेछ। इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
७. सम्पर्क र आवेदनका लागि:
K・LINE Co., Ltd.
फोन: ०३–३३५८–४०७५
इमेल: [email protected]
रिक्रुट प्रतिनिधि: उचिदा वा फुताकुची
नेपाली भाषामा सोधपुछका लागि:
निराजन थपलिया, ताचिकावा
फोन: 080-5433-9651
अञ्जना अधिकारी, सागामिहारा
फोन: 090-7176-2216
सञ्जिता सापकोटा, तोयोआके तथा मिए क्षेत्र
फोन: 070-2189-4246
घ. फेसबुक: K・LINE Primeira — LINE वा Viber बाट पनि सम्पर्क गर्न सकिनेछ।
नोट: कतिपय कारखानाहरूमा पार्ट–टाइम कामदारको पनि आवश्यकता छ। इच्छुकहरूले सिधै माथिका नेपाली सम्पर्क नम्बरहरूमा फोन गर्नुहोला।








