Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्वकपमा अमेरिकाका स्टार फरवार्ड फोलारिन बालोगनलाई देखाइएको रातो कार्ड फिर्ता गर्ने निर्णयपछि नयाँ विवाद सुरु भएको छ। यस निर्णयसँगै उनी सोमबार हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्। बोस्निया–हर्जगोभिनाविरुद्धको अन्तिम ३२ को खेलमा रातो कार्ड पाएका बालोगन तीन गोलसहित अमेरिकाका सर्वाधिक गोलकर्ता हुन्।

विश्वकप इतिहासमा रातो कार्ड पाएपछि निलम्बन नहुने निर्णय अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् १९६२ मा ब्राजिलका ग्यारिन्चाले मात्र यस्तो सुविधा पाएका थिए। त्यतिबेला स्वतः निलम्बनको व्यवस्था नभएकाले अनुशासन समितिले उपलब्ध प्रमाणका आधारमा निर्णय गरेको थियो।

यसपटकको निर्णयलाई लिएर पनि विभिन्न प्रश्न उठेका छन्। सीबीएस न्यूजका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोगनको निलम्बनबारे छलफल गरेपछि निर्णय परिवर्तन भएको दाबी गरिएको छ। यद्यपि, फिफाले यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने चर्चा भए पनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

तपाईको प्रतिक्रिया